नाम्ची अस्पतालमा स्वास्थ्य सेवालाई लिएर महत्वपूर्ण बैठक

IMG-20250207-WA0259

नाम्ची: डिस्ट्रिक्ट हेल्थ सोसाइटी, डीटीआफआइइ र पीसीपीएनडीटी-को एउटा बैठक आज नाम्ची जिल्ला अस्पतालको सम्मेलन कक्षमा सम्पन्न भयो। बैठकमा अतिरिक्त जिल्लापाल श्रीमती त्रिसाङ तामाङ, नाम्ची जिल्ला अस्पतालका प्रमुख चिकित्सा अधिकारी डा. बीके चौहानलगायत अन्य सम्बन्धित अधिकारीहरूको विशेष उपस्थिति रहेको थियो।
बैठकलाई सम्बोधन गर्दै अतिरिक्त जिल्लापाल श्रीमती त्रिसाङ तामाङ नाम्ची जिल्ला अस्पतालले प्रदान गर्दै आएको उत्कृष्ट अनि गुणस्तरीय स्वास्थ्य सेवाको प्रशंसा गरिन्। यसको साथै हालको समय जिल्लामा उच्च रक्तचाप र मधुमेह रोगको बढ़दो अवस्थामाथि चिन्ता व्यक्त गर्दै उनले यी रोगहरूको प्रारम्भिक पहिचान र व्यवस्थापन सुनिश्चित गर्ने दिशामा गम्भीरतासित पहल गर्नुपर्ने बताइन्। यसरी नै प्रमुख चिकित्सा अधिकारी डा. एसएन अधिकारीले अस्पतालको कार्यसम्पादन बारे बैठकलाई जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement