नाम्ची जिल्ला पञ्चायतले गऱ्यो वित्त वर्ष २०२५-२६ को पहिलो बैठक

IMG-20250207-WA0258

नाम्ची: नाम्ची जिल्ला पञ्चायतको वित्त वर्ष २०२५-२६ को पहिलो आन्तरिक बैठक आज जिल्ला पञ्चायत भवनको सभाकक्षमा बस्यो। बैठकलाई जिल्ला अध्यक्ष सुश्री अञ्जिता राजालिमले अध्यक्षता गरेकी थिइन् जसमा उपाध्यक्ष विकास तामाङ, नाम्चीकी जिल्लापाल तथा जिल्ला पञ्चायतकी सचिव अनुपा तामलिङलगायत अन्य अधिकारीहरू, जिल्ला पञ्चायतहरू साथै नाम्ची जिल्ला पञ्चायत भवनका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
बैठकलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष सुश्री अञ्जिता राजालिमले वर्ष २०२५-२६ को निम्ति जिल्ला पञ्चायतलाई अनुमोदित धनराशि बारे जानकारी गराइन्। यसको साथै उनले खुल्ला बहसको क्रममा उपस्थित सदस्यहरूले सोधेका प्रश्न अनि राखेका गुनासोहरूको जवाफ पनि दिइन्। राखिएका गुनासोहरूलाई सम्बोधन गर्ने क्रममा सबैलाई सहयोग गरिने आश्वासन पनि दिइन्। यसै क्रममा उनले नाम्ची जिल्ला पञ्चायतको प्रोग्रेस रिपोर्ट, चुनौती र भावी योजनाहरू पनि सभामा प्रस्तुत गरिन्।
यसरी नै सभालाई सम्बोधन गर्दै जिल्लापाल सुश्री अनुपा तामलिङले जिल्लाको विकासको निम्ति विभिन्न योजनाहरूमाथि प्रकाश पारिन् जसलाई कार्यान्वयन गर्न जिल्ला अनि ग्राम पञ्चायत स्तरबाट सहकार्यको आवश्यक्ता रहेको बताइन्। उनले आफ्नो सम्बोधनको क्रममा जिल्लामा भएका सबै विकासका कामहरूको दस्तावेजिकरण गरिनुपर्ने कुरामा जोर दिइन्। यसको साथै जिल्लामा कुनै पनि सरकारी सम्पत्ति प्रयोगबिना छ भने जिल्लापाल कार्यालयमा सुचित गर्ने पनि जिल्लापालले सर्वसाधरणलाई अपील गरेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement