गान्तोक: सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले आज ताडोङको पाँच माइलमा रहेको सरस्वती डोल्मा मन्दिरमा आयोजित श्रीमद् देवी भागवत पुराण महाज्ञान यज्ञको समापन समारोहमा भाग लिए। प्रमुख अतिथिको रूपमा उपस्थित राज्यपालले आयोजक समितिका सदस्यहरू र भक्तहरूसित अन्तरक्रिया गरे। राज्यपालले मन्दिरमा प्रार्थना र अनुष्ठान्मा भाग लिए। त्यसपछि उनले श्रीमद् देवी भागवत पुराणको परिक्रमामा भाग लिए र कार्यक्रमको समापनका रूपमा पूर्णाहुती चढाएका थिए। यसका साथै, उनले आरती समारोहमा भक्तहरूसँग सामेल भए। यसबीच उनले आध्यात्मिक परिवेशको लाभ लिँदै सिक्किमे जनताको शान्ति, एकता र समृद्धिको लागि आशीर्वाद मागे। समापन समारोहमा भक्तजनले गहिरो आध्यात्मिक सम्बन्ध झल्काउँदै राज्यपाललाई स्वागत जनाएका थिए।