गुवाहाटी(असम): पुनर्वास महानिदेशालय, पूर्व सैनिक कल्याण विभाग, रक्षा मन्त्रालयले आज नारंगी क्यान्ट, गुवाहाटीमा पूर्व सैनिकहरूको लागि रोजगार मेलाको आयोजना गरेको यस मेलाको उद्देश्य पूर्व सैनिकहरूलाई पुनः रोजगार दिलाउनको लागि उनीहरूलाई कम्पनीसित जोड़्नु थियो।असम औ वरिपरी क्षेत्रका पूर्व सैनिकहरूले यस मेलामा क्षेत्रका पूर्व सैनिकहरूले व्यापक रूपमा भाग लिए। १००० भन्दा अधिक पूर्व सैनिकहरूले रोजगारको लागि पञ्जीकरण गराए भने ५५ भन्दा अधिक कम्पनीहरूले १५०० भन्दा अधिक नोकरी अनि २५० भन्दा अधिक उद्यमिताका अवसरहरूको निवेदन गरे। चयनित पूर्व सैनिकहरू विभिन्न वरिष्ठ पदहरूको लागि साक्षात्कार अनि स्क्रीनिंग प्रक्रिया भएर गुज्रिनुपर्नेछ।यस अवसरमा कौशल रोजगार औ उद्यमिता मन्त्री प्रशान्त फूकन, डीईएसडब्ल्यू सचिव डा. नितेन चन्द्र, मेजर जनरल एसबीके सिंह (डीजी, पुनर्वास) तथा मेजर जनरल आरडी शर्मा (जीओसी, ५१ उप क्षेत्र) उपस्थित थिए।
पूर्वोत्तर क्षेत्रका वरिष्ठ पूर्व सैनिकहरूमा लेफ्टिनेन्ट जनरल आरपी कलिता (सेवानिवृत्त) र एयर मार्शल एके गोगोई (सेवानिवृत्त) सामेल थिए। असम च्याम्बर अफ कमर्सका अध्यक्ष जयन्त शर्मा कर्पोरेट गेस्ट अफ अनर थिए।










