चोरहरूको आतङ्कले शहरवासीमा भयको माहोल

Chhetriya-Samachar

सिलगढी: सिलगढी शहरको जलपाइमोड क्षेत्रमा भएको एउटा ग्यारेजमा चोरहरूले भुइँको पटाइ काटेर चोरी गरे। ग्यारेज मालिक दिलीप साहनीले बताए अनुसार, आज बिहान उनले आफ्नो पसल खोल्दा चोरहरूले चलाकीको साथ टेबल नजिकको भुइँको पटाइ काटेर भित्र पसेर चोरी गरेको थाहा पाए। चोरहरूले गाडी बनाउनका लागि राखिएका सबै मोटर पार्टसहरू चोरेर लगे। घटनाको जानकारी पाएपछि सिलगढी पुलिसले घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ। शहर र यसको वरिपरी भइरहेका चोरीका घटनाहरूले व्यापारीहरूलाई चिन्तित बनाएका छन्। पसल मालिकले जलपाइमोडस्थित ट्राफिक पुलिससित सीसीटीभी फुटेज बारेमा सोद्धा, त्यहाँको क्यामेरा बिग्रिएको बताए। शहरमा यस्ता घटनाहरू क्रमश: बढ्दै गएका छन्, जसले व्यापारीहरूमा असुरक्षाको भावना बढ्दै गइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement