सिलगढी: विवाहको वर्षगाँठ अर्थात एनिभरसरी मनाएर घर फर्किरहेका समय एकजना व्यक्तिको ट्रेनबाट झरेर मृत्यु भएको खबर प्राप्त भएको छ।मृतकको नाम मुकेश राय हो। उनी सिलगढीको ठोक्कर क्षेत्रका वासिन्दा थिए। प्राप्त जानकारी अनुसार, हिजो मुकेश राय आफ्नो स्वास्नी र परिवारसँग सेभोक गएका थिए। सेभोक काली मन्दिरमा पुगेर पूजा-अर्चना गरेपछि मुकेश आफ्नो परिवारसँग सेभोक रेलवे स्टेशनबाट ट्रेनमा चढेर घर फर्किरहेका थिए। मुकेश राय ट्रेनको गेटमा उभिएका थिए। ट्रेन राजीव नगर रेलवे क्वार्टरको नजिकमा आइपुग्दा अचानक तिनी कुदिरहेको ट्रेनबाट तल खसे। यसपछि उनको घटनास्थलमैं मृत्यु भएको बताइएको छ। खबर पाएपछि जंक्शन टाउन जीआरपीको टोली घटनास्थलमा पुगेर मुकेशको शव उद्धार गर्योआ। जंक्शन टाउन जीआरपी- सूत्रले दिएको जानकारी अनुसार, यो दुर्घटना लापरवाहीका कारण भएको हो। यात्रुहरूलाई चल्ती ट्रेनमा गेटको नजिक उभिन निषेध गरिएको छ, तर यात्रुहरू यसलाई बेवास्ता गरेर दुर्घटनामा परेको देखिन्छ। यसैबीच, मृतकको शव आज पोस्टमार्टमका लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइएको छ। हाल जंक्शन टाउन जीआरपी-ले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।