आठराई: तेह्रथुममा जेठाजु र बुहारीको १० घण्टाको फरकमा मृत्यु भएको छ। लालीगुरास नगरपालिका वडानम्बर ८ सोल्मा पुरुन्दीन बस्ने एकै परिवाका जेठाजु र बुहारीको मृत्यु भएपछि परिवारसँगै सिंगो गाउँ सोकमा डुबेको छ। लालीगुरास ९ पुरुन्दीन बस्ने प्रेम भट्टराईका पत्नी ५९ बर्षिया खेम कुमारी भट्टराईको मृत्य भएको १० घण्टा पछि सहदोर दाजु ६९ बर्षिय तत्रिलोचन भट्टराइको पनि माघ २५ गते बिहान मृत्यु भएको हो।
एकै परिवारका जेठाजु बुहारीको मृत्यु भएपछि स्थानीय पिगुवा खोला घाटमा एउटै समयमा अन्तयेष्ठी गरिएको छ भने मलामी जाने सबै स्तब्ध भएका थिए।
बिरामी भएकी खेमकुमारीको उपचारकै क्रममा नोबेल हस्पिटल बिराटनगरमा शुक्रबार बिहान पौने २ बजे निधन भएको थियो भने दिर्घरोगी भई घरमै सामान्य उपचार गरि रहेका जेठाजु त्रिलोचनको शुक्रबार बिहान १० बजे घरमै मृत्यु भएको परिवारले जनाएको छ।











