यूएस ओपनः कोको गफ र निक किर्गियोस क्वार्टर फाइनलमा

photocollage_20229514255145.jpg

५ सेप्टेम्बरः अमेरिकाकी १८ वर्षीय कोको गफले चीनकी झांग शुआईलाई ७-५, ७-५-ले पराजित गरी पहिलोपल्ट यूएस ओपन टेनिस टुर्नामेण्टको क्वार्टर फाइनलमा स्थान बनाइन्। फ्रेञ्च ओपनमा उपविजेता रहने कोको गफ यूएस ओपनको अन्तिम आठमा पुग्ने दोस्रो सबैभन्दा युवा खेलाड़ी बनिन्। यसअघि मेलानी ओडिनले २००९-मा केवल १७ सालको उमेरमा क्वार्टर फाइनलमा स्थान बनाइन्। यसरी नै पुरुष एकल वर्गमा २३औं वरीयता प्राप्त अष्ट्रेलियाई खेलाड़ी निक किर्गियोसले गत च्याम्पियन तथा विश्वका नम्बर एक खेलाड़ी दानिल मेदवेदेवलाई ७-६, ३-६, ६-३, ६-२-ले पराजित गरे। रुसका खेलाड़ी विरुद्ध म्याच जित्न उनलाई धेर समस्या भएन। किर्गियोसले अब २७औं वरीयता प्राप्त कारेन खाचानोव विरुद्ध खेल्नेछन्। यसरी नै दोस्रो क्वार्टर फाइनल फ्रेञ्च ओपनमा उपविजेता रहने केस्पर रुड र विम्बल्डनमा उपविजेता रहने इटलीका माटेओ बेरेटिनीबीच खेलिनेछ।
यूएस ओपनको समाप्तिपछि मेदवेदेवले शीर्ष ऱ्याङकिंग गुमाउने तय भएको छ। अब स्पेनका रफायल नडाल, कार्लोस अल्कारेज या रुडमा कसैले उनको स्थान लिनेछन्। महिला एकलमा कोको गफले अब १७औं ऱ्याङकिंग भएकी फ्रान्सकी क्यारोलिना गार्सिया विरुद्ध खेल्नेछिन्। गार्सियाले २९औं ऱ्याङकिंग भएकी एलिसन रिस्केलाई ६-४, ६-१-ले पराजित गरिन्। तेस्रो राउण्डमा सेरेना विलियम्सलाई पराजित गर्ने अजला टोमजानोविचको सामना पाँचौं ऱ्याङकिंग भएकी ओन्स जाबुर या १८औं ऱ्याङकिंग भएकी वेरोनिका कुदेरमेतोवासँग हुनेछ।

About Author

Advertisement