सिलगढी: राजस्व छल गरी रक्सी तस्करी गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन्। सिलगढी मेट्रोपोलिटन पुलिसको प्रधान नगर पुलिस चौकीको अपराध रोकथाम शाखाले एक व्यक्तिलाई पक्राउ गरेको छ। सो रक्सी सिक्किमबाट सिलगढी हुँदै बिहार तस्करी भइरहेको बताइएको छ। गोप्य स्रोतबाट प्राप्त जानकारीको आधारमा प्रधान नगर पुलिस चौकीको अपराध निवारण शाखाले सिलगढी जंक्शन क्षेत्रबाट बिहारका एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्तिको नाम दिनेश पण्डित बताइएको छ। पक्राउ परेका व्यक्तिबाट हजारौं रुपियाँ बराबरको रक्सी बरामद भएको छ। बिहारमा रक्सी प्रतिबन्धित छ। यही कारणले गर्दा पश्चिम बङ्गालबाट बिहारमा रक्सी तस्करी गरिन्छ। ती व्यक्तिले पश्चिम बङ्गाल हुँदै सिक्किमको रक्सी बिहारमा तस्करी गर्न खोजिरहेका आरोप छ। यो रक्सी लिएर सिलगढी जंक्शन क्षेत्रमा बसको पर्खाइमा थिए र त्यही क्षणमा पुलिसले उनलाई पक्राउ गर्यो। लागूऔषध दुई झोलामा बोकेर लगिएको आरोप छ। प्रधाननगर पुलिस चौकीका पुलिस स्रोतका अनुसार, बरामद गरिएको रक्सीको अनुमानित बजार मूल्य ६०,००० रुपियाँ छ।