कालेबुङ: उत्तराखण्डमा जारी ३८औं राष्ट्रिय खेलहरूको महिला फूटबल प्रतियोगितामा पश्चिम बंगालको महिला टीमले काँस्य पदक जित्यो। त्यस टीममा कालेबुङको देबाञ्जन शेयर गर्ल्स एकाडमीकी तीनजना फूटबलर सामेल थिइन्। टुर्नामेण्टमा पाल्मु तामाङ, सुशाना राई र सुप्रिया गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै राज्यको टीमलाई काँस्य पदक दिलाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिन्। महिला फूटबल खेलको सशक्तीकरणमा देबाञ्जन शेयर गर्ल्स एकाडमीले गत केही सालहरूदेखि निरन्तर असल कार्य गर्दै आइरहेको छ।

यस एकाडमीबाट धेरैजना महिला फूटबलरहरूले देशभरि विभिन्न लीगहरूमा पनि खेल्ने मौका पाएकी छन्।