बिर्तामोड: नागरिक बचाउ महाअभियान नेपाल यति बेला नेपाली जनताका समस्याहरुलाइ बुझ्न र आफ्नो अभियानको बारेमा बुझाउन नागरिक जागरण अभियान लिएर घर दैलो कार्यक्रममा निस्किएको छ।
गठबन्धन सरकार चरम भ्रष्ट्टाचारमा लिप्त बन्दै गइरहेको बेला नागरिक बचाउ महाअभियान प्रतिपक्षीको रुपमा जन्मिएको र अहिले राजनीति बिकल्पका रुपमा अगाडि आई रहेको अभियानका केन्द्रिय प्रवक्ता तथा साँस्कृतिक बिभाग प्रमुख माधब कल्पितले जानकारी दिए। साँस्कृतिक क्षेत्र बाट आएका कल्पित अहिले छोटो समयमा नेपाली जनता बिच निकै लोकप्रिय बन्दै गएका छन्। अभियानको तेश्रो बार्षिक उत्सव कार्यक्रम आगामी फागुन १ गते झापाको दमकमा आयोजना गरिने र सो कार्यक्रममा नागरिकहरुलाई सहभागी गराउन अहिले कल्पितको नेतृत्वमा घरदैलो कार्यक्रम भइरहेको मेची अञ्चल संयोजक मधुकर सिटौलाले जानकारी दिए।