ईंग्ल्याण्डविरुद्ध पहिलो वनडेमा भारतको ४ विकेटले जीत

IMG-20250206-WA0355

नागपुर: भारतले बिहीवार खेलिएको पहिलो वनडे इण्टरनेशनल क्रिकेट म्याचमा ब्याट र बल दुवैको साथ उत्कृष्ट प्रदर्शन गर्दै ईंग्ल्याण्डलाई ४ विकेटले पराजित गरौ ३ वटा म्याचको सीरीजमा १-०-को बढ़त हासिल गऱ्यो। आज टस जितेर पहिला ब्याटिंग गर्दै ईंग्ल्याण्ड ४७.४ ओभरमा २४८ रन बनाएर अल आउट भयो। त्यसपछि भारतले ३८.४ ओभरमै ६ विकेटमा २५१ रन बनाएर म्याच जित्यो। आज हर्षित राणा र यशस्वी जयसवालले पनि वनडे इण्टरनेशनलमा पदार्पण गरे। लक्ष्य ठूलो नभए पनि भारतको शुरुवात खराब रह्यो अनि १९ रनसम्म दुवै ओपन आउट भइसकेका थिए। यसमा यशस्वीले १५ र कप्तान रोहित शर्माले केवल २ रन बनाए। खराब शुरुवातपछि गिलले भारतीय ईनिंग्सलाई सम्हाले। उनले पहिला श्रेयस अय्यरसँग मिलेर तेस्रो विकेटको निम्ति ९४ रनको पार्टनरशीप गरे। अय्यरले ९ वटा चौका र २ वटा छक्काको साथ ३६ बलमा ५९ रन बनाए। श्रेयस आउट भएपछि गिलले अलराउण्डर अक्षर पटेलबाट असल साथ पाए अनि यी दुईजनाले चौथो विकेटको निम्ति १०८ रनको म्याच जिताउने पार्टनरशीप गरे। अक्षर ६ वटा चौका र एउटा छक्काको सहायताले ५२ रन बनाएर आउट भए। यसरी गिलले ९६ बल खेलेर १४ वटा चौकाको सहायताले ८७ रन बनाए। भारतले पछिबाट यी दुईजनाको साथमा केएल राहुल (२ रन)-लाई गुमाए पनि हार्दिक पाण्ड्या (अविजित ९) र रविन्द्र जडेजा (अविजित १२) -ले मिलेर ईंग्ल्याण्डको हारमा मोहर लगाए।
यसअघि पहिला ब्याटिंग गर्ने ईंग्ल्याण्ड असल शुरुवातपछि अन्तमा २४८ रन बनाएर अलआउट भयो। भारतीय पेस बलर हर्षित राणा र स्पिनर रविन्द्र जडेजाले लगातार विकेट हासिल गरेर ईंग्ल्याण्डको रन रेटमा ब्रेक लगाए। ईंग्ल्याण्डको तर्फबाट कप्तान जोस बटलर (५२) र युवा जेकब बेथेल (५१)-ले अर्द्धशतक बनाए। ईंग्ल्याण्डलाई आज फिल सल्ट र बेन डकेटको ओपनिंग जोड़ीले तेज शुरुवात गर्दै पहिलो विकेटको निम्ति ८.५ ओभरमा ७५ रनको पार्टनरशीप गरे। सल्ट रन आउट हुनको साथै अष्ट्रेलियाको पतन शुरु भयो। सल्टले ५ वटा चौका र ३ वटा छक्काको साथ ४३ रन बनाए। त्यसपछि आफ्नो पदार्पण म्याच खेलिरहेका हर्षितले दशौं ओभरमा बेन डकेट र ह्यारी ब्रूकलाई आउट गरी भारतको असल स्थितिमा पुऱ्याए। यसमा डकेटले ३२ रन बनाए जबकि ब्रूकले खाता पनि खोलेनन्। यसरी ७७ रनमा ३ विकेटको पतनपछि कप्तान बटलरले अनुभवी ब्याटर जो रुट (१९)-सँग मिलेर स्कोर १११ रनसम्म पुऱ्याए। लामो समयपछि वनडे म्याच खेलिरहेका रुटलाई आउट गरी जडेजाले भारतलाई चौथो सफलता दिलाए। शीर्ष ४ विकेटको पतनपछि बटलरले बेथेलसँग मिलेर ईनिंग्सलाई सम्हाल्ने प्रयास गरे। यी दुईजनाले मिलेर पाँचौं विकेटको निम्ति ५९ रन जोड़े। अर्द्धशतक पूरा गर्नको साथ बटलर पभेलियन फर्किए। उनले ६७ बल खेलेर ४ वटा चौकाको सहायताले ५२ रन बनाए। ईंग्ल्याण्डले लियाम लिविंगस्टोन (५) र ब्रायडन कार्स (१०)-बाट अधिक सहारा पाएन। पछिबाट युवा ब्याटर बेथेल पनि ५१ रन बनाएर आउट भए। उनले ६४ बल खेलेर ३ वटा चौका र एउटा छक्का लगाए। त्यसपछि ईंग्ल्याण्ड ४७.४ ओभरमा २४८ रन बनाएर अलआउट भयो। शुभमन गिलले प्लेयर अव् द म्याचको पुरस्कार जिते।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement