गद्दाफी स्टेडियमको नवीनीकरण कार्य रेकर्ड समयमा समाप्त भएको पीसीबी-को दावी

IMG-20250206-WA0353

लाहौर: पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)-ले बिहीवार लाहौरको गद्दाफी स्टेडियममा नवीनीकरण र आधुनिकीकरणको काम ११७ दिनको रेकर्ड समयमा पूरा भएको अनि अब यो स्टेडियम च्याम्पियन्स ट्रफीसहित अन्तर्राष्ट्रिय म्याचहरूको आयोजन गर्न तयार रहेको घोषणा गऱ्यो। स्टेडियममा असल सुविधाहरू, नयाँ फ्लडलाइट्स, हस्पिटालिटी बक्स, अधिक दर्शकहरू बस्ने क्षमता, इलेक्ट्रोनिक स्कोरबोर्ड र शीर्ष स्तरको एलईडी टावर रहेको छ। पीसीबी प्रमुख मोहसिन नकवीले भने, म ती मानिसहरू प्रति आभारी छु जसले आशंका र आलोचनाहरूबीच स्टेडियमलाई समयमा तयार गर्नको निम्ति दिन-रात काम गरे। हालै प्रकाशित एउटा रिपोर्टमा पीसीबी आफ्नो काम पूरा गर्नमा कम्तीमा ५ हप्ता पछि चलिरहेको दावी गरिएको थियो। पीसीबी-ले १२ फरवरीसम्म स्टेडियमहरू अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)-लाई सुम्पिनु पर्नेछ। नयाँ स्टेडियमको परीक्षण ८ फरवरीमा हुनेछ जब पाकिस्तान र न्यूजील्याण्डले त्रिकोणीय सीरीजको पहिलो म्याचमा हिस्सा लिनेछ। त्रिकोणीय सीरीजको तेस्रो टीम दक्षिण अफ्रिका हुनेछ। नकवीले लाहौर, कराची र रावलपिण्डीमा तीनवटा स्टेडियमको आधुनिकीकरणको खर्च शुरुवाती आवण्टित बजटभन्दा अधिक भएको स्वीकार गर्दै नयाँ अत्याधुनिक स्थलहरूले भविष्यमा पाकिस्तान क्रिकेटलाई असल सेवा प्रदान गर्ने बताए। पीसीबी-ले शुरुमा नवीनीकरण कार्यको निम्ति १२ अरब ८० लाख रुपियाँ आवण्टित गरेको थियो तर बजट १८ करोड़भन्दा अधिक रहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement