सामसङ तामाङ कुनै सुनियोजित षड़यन्त्रको एक मोहोरा हुन सक्ने एसडीएफकाे आशंका

n6508930451738866783549caadd669301bcc1060c691618d8bc2db195fa48f87c32b63e434bfc719aee4a2

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)ले खस समुदाय विरुद्ध आपत्तिजनक र अपमानजनक टिप्पणी गर्ने सामसङ तामाङलाई तत्काल पक्राउ गर्नुपर्ने माग गरेको छ। साथै सामसङ तामाङ कुनै सुनियोजित षड़यन्त्रको एक मोहोरा पनि हुन सक्ने एसडीएफले आशंका व्यक्त गरेको छ।
आज गान्तोकको इन्दिरा बाइपासस्थित एसडीएफ मुख्यालयमा आयोजित एक पत्रकार सम्मेलनमा पार्टीकाे कृष्ण खरेलले सामसङ तामाङ विरुद्ध राज्य सरकारको प्रतिक्रियामाथि प्रश्न उठाए। उनले खसहरू सिक्किमे समाजमा बहुसंख्यक समुदाय हुन् भन्दै उनीहरूको बासभूमिमाथि प्रश्न उठाउॅंदा र सिक्किमे समाजलाई नै कलङ्कीत गर्ने कार्य गर्दा पनि सिक्किम सरकारले द्रुत गतिमा कारबाही गरेको देखिएन भने।
उपाध्यक्ष खरेलले सामसङ तामाङलाई कतै सरकारकै पक्षबाट सुनियोजित तरिकाले प्रयोग गरेर सिक्किमेली समाजमा कायम एकतालाई बिथोल्ने प्रयास त होइन भनी आशंका व्यक्त गरे। सामसङ तामाङले कसको आड र हिम्मतमा यस्तो बयान दिइरहेको छ भन्दै उनले यसलाई सिक्किमे बाहुन, छेत्री र नेवार समुदायलाई उनीहरूको अधिकारबाट वंचित गराउने र खण्डित गर्ने षड़यन्त्र रहेको आरोप लगाए।
उनले यस षड़यन्त्रको प​छाडि यो समुदायलाई उनीहरूका अधिकारहरूबाट वंचित गरेर एक मुट्ठी मान्छेले धलिमली गर्न पाउॅं भन्ने सोंचको रहेको बताए। उनले यस्तै सोंच बोकेका व्यक्तिहरूबाट सामसङ तामाङ परिचालित रहेको दाबी गरे। उनले खस समुदायलाई लिएर वर्तमान सरकारको दृष्टि राम्रो नरहेको पनि आरोप लगाए।
यसैगरी, एसडीएफ प्रचार प्रसार महासचिव दिव्य शर्माले सामसङ तामाङको बयानको निन्दा गर्दै सामसङ विरुद्ध कारबाहीमा भइरहेको ढिलाईप्रति प्रश्न गरिन्। उनले विगतका घटनाहरूको उल्लेख गर्दै मुख्यमन्त्री विरुद्ध बयानबाजी गर्ने दिपेश शर्मालाई केरलाबाट र धारा 371एफ विरुद्ध बोल्न सुमन्त कुमार गुप्तालाई दिल्लीबाट तत्काल पक्राउ गरेर ल्याउन सक्षम बन्ने पुलिस प्रशासनलाई सामसङ विरुद्ध कारबाही गर्न किन यति समय लागिरहेको छ भनिन्।

उनले सामसङ तामाङलाई तत्काल पक्राउ गर्नुपर्छ भन्ने माग पनि गरिन्। अर्कोतिर, उनले वर्तमान सरकारमा खस समुदायलाई प्रतिनिधित्व गर्ने सात जना विधायक भए तापनि उनीहरू किन बोल्दै, किन कानमा तेल हालेर बसिरहेका छन् भन्दै प्रश्न गरेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement