श्रीपतममा किरा प्रबन्धनमाथि तालिम

IMG-20240717-WA0003

नाम्ची: राष्ट्रिय खाद्य तेलजन्य बालीसम्बन्धी अभियानअन्तर्गत तेलबीज बालीको एकीकृत कीट व्यवस्थापनमाथि कृष्कहरुलाई प्रशिक्षण दिइयो। याङयाङको श्रीपतम-गाग्योङ ग्राम पञ्चायत एकाईमा आयोजित उक्त तालिम कृषि विभागले गरेको हो। जसमा सम्बन्धित विभाग, वार्ड पञ्चायतहरु सुकमाया लिम्बू र धनमाया छेत्री लगायत कृषि विभागीय अधिकारीहरपु विष्णु राई, फ्लोरेन्स भोटिया, सुदेशना खढका, छिरिङ याङ्गचेन भोटिया र ग्रामीण अधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा कृषखहरूको सक्रिय सहभागिता देखियो। विष्णु राईले कीट व्यवस्थापनमा स्वदेशी प्राविधिक ज्ञानको महत्त्वमा जोड दिइन् र प्रशिक्षार्थीहरूसँग अन्तरक्रिया सत्र सञ्चालवन गरिन्। फ्लोरेन्स भोटियाले योजनाबारे जानकारी गराउँदै कीट व्यवस्थापनको लागि पर्यावरणमैत्री र दिगो कार्यनीतिको महत्त्वमाथि प्रकाश पारिन्। उनले तेलजन्य बालीलाई असर गर्ने विभिन्न कीराहरूको बारेमा विस्तृत रूपमा बताइन्। यसको रोकथाम र व्यवस्थापन रणनीतिहरूमा जानकारी गराइन्। कार्यक्रमको एक भागको रूपमा कृषकहरुलाई फिल्ड भिजिट गराइएको थियो। जसमा अधिकारीहरुले किरा पहिचान गर्न र उपयुक्त व्यवस्थापन उपायहरूबारे जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement