पाकिम: पाकिम जिल्लाका जिल्लापाल रोहन अगवानेको नेतृत्वमा अधिकारीहरुको एक टोलीले पाकिम प्राथमिक स्वास्थ्य केन्द्रको निरीक्षण गऱ्यो। टोलीले फायर सेफ्टी उपकरण अनुसार पीएचसीले पावर अडिट नगरेको पाएपछि यसमाथि प्रभावी पहल गर्ने आदेश दिए। जिल्लापालले ऊर्जा विभागलाई हप्ता दिनभित्रमा अडिट गर्ने निर्देश दिएको छ। अग्नि निभाउने उपकरणहरूको पनि निरीक्षण गरेको थियो। यसअन्तर्गत अस्पतालको वार्ड, प्रयोगशाला र स्टोर जस्ता महत्वपूर्ण ठाउँमा अग्नि निभाउने उपकरणहरूको अभाव भएको जानकारी पाए।अग्नि सुरक्षा नियमहरू अनुसार उपयुक्त स्थानहरूमा थप अग्नि निभाउने उपकरणहरू जडान गरिएको सुनिश्चित गर्न अग्नि नियन्त्रक केन्द्रका इन्चार्जलाई पहल गर्ने निर्देश दिएको छ। हाइड्रन्ट प्रणालीअन्तर्गत अस्पतालमा हाइड्रन्ट प्रणालीको अभाव भएको टोलीले पत्तो लगाएको छ। जिल्लापालले यो समस्यालाई समाधान गर्न तत्काल यसको जड़ानमाथि जोड़ दिएका थिए। अग्नि जोखिम संकेतलाई सुरक्षा र अग्नि सुरक्षा नियमहरूको पालना सुनिश्चित गर्न अक्सिजन सिलिन्डरहरू भण्डारण गरिएका क्षेत्रहरूमा आगो जोखिम सिगनल राख्ने निर्देशन दिइएको थियो।









