गान्तोक: अखिल सिक्किम खस क्षेत्री बाहुन कल्याण सङ्घका प्रतिनिधिमण्डलले आज बिहान मुख्यमन्त्री प्रेमसिंह तामाङलाई उनको सरकारी आवास मिन्तोकगाङमा शिष्टाचार भेट गरे। भेटघाटको अवसरमा प्रतिनिधिमण्डलका सदस्यहरूले पश्चिम सिक्किमको गेजिङमा सम्पन्न हुन गइरहेको सङ्घको स्थापना दिवस समारोहमा मुख्य अतिथिको रुपमा उपस्थित भइदिन निमन्त्रणा दिए।
आगामी कार्यक्रममा सांस्कृतिक, परम्परागत सङ्गीत र सामुदायिक जमघटहरूको समृद्ध प्रस्तुति प्रदर्शन हुने अपेक्षा गरिएको छ, जसको उद्देश्य एकतालाई बढावा दिनु र खस समुदायको जीवन्त परम्परालाई सम्मान गर्नु रहेको छ। यस महत्वपूर्ण समारोहमा उपस्थित हुन आफू उत्सुक रहेको बताउँदै मुख्यमन्त्रीले अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघलाई आगामी उत्सवको लागि शुभकामना व्यक्त गरेका छन्।









