गान्तोक: उत्तराखण्डमा सम्पन्न ३८औं राष्ट्रिय खेलकुदमा सिक्किमका तीरन्दाज तरुणदीप राईले काँस्य पदक जित्न सफल भएका छन्। यो उपलब्धिको निम्ति मुख्यमन्त्री प्रेमसिंह तामाङले तीरन्दाज तरुणदीप राईलाई हार्दिक बधाई दिनुभएको छ। मुख्यमन्त्रीले सामाजिक सञ्जालमा भनेका छन्, उनको समर्पण, लगनशीलता र असाधारण कौशलले फेरि एक पटक राज्यलाई गौरवान्वित बनाएको छ र अनेकौं आकांक्षी खेलाडीहरूलाई प्रेरित गरेको छ। यो उल्लेखनीय उपलब्धि खेलकुदमा उत्कृष्टताको लागि उनको अटूट प्रतिबद्धताको प्रमाण हो।
तरुणदीपले भविष्यमा अझ ठूलो उँचाई हासिल गरून् भनि मुख्यमन्त्रीले कामना गर्नुभएको छ।