इण्डियन गोर्खा जनशक्ति फ्रण्टद्वारा खरसाङ शहर वरिपरि पोस्टरिङ

IMG-20250206-WA0346

खरसाङ: इण्डियन गोर्खा जनशक्ति फ्रण्टले आज खरसाङ शहर वरिपरि पोस्टर अभियान आयोजना गरेको छ। यस विषयमा मिडियासँग कुरा गर्दै केन्द्रीय समिति सदस्य योगेन्द्र राईले भने, ६ फरवरीमा ३५ सदस्यीय स्टेयरिङ कमिटी गठन गरिएको थियो। यस कमिटीले आज चिया बगान क्षेत्रमा भोगिरहेका समस्याहरू विरुद्ध खरसाङ शहरमा पोस्टर अभियान आयोजना गरेको छ। उनले थप भने, पहाडमा हामीलाई घरबारविहीन बनाउन र हाम्रो जग्गा खोस्न षड्यन्त्र भइरहेको छ।

उनले यो पनि भने कि हामी पहाडमा सरकारले लागू गर्न खोजेको ५ देसिमलको विरुद्धमा छौं। उनले यो पनि भने कि चिया बगान क्षेत्रमा पनि न्यूनतम ज्याला लागू गरिनुपर्छ। यो सब लिएर आज खरसाङ शहर वरिपरि पोस्टर अभियान आयोजना गरेको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement