उपद्रवीहरुले सुरक्षा गार्डमाथि गोली प्रहार गरे

IMG-20240717-WA0003

इम्फाल(मणिपुर): बुधवार राती उपद्रवीहरूले एकजना सुरक्षा गार्डमाथि मणिपुरको लाम्फेल थाना क्षेत्रमा गोली हानेको घटना राती लगभग १० बजे भएको हो।यस घटनामा २८ वर्षीय कृतिंगाम्बा लैशांगथेमको खुट्टामा गोली लाग्यो।
लांगोल गेम विलेज निवासी लैशांगथेम जो जवाहरलाल नेहरू इन्स्टीट्यूट अफ मेडिकल साइन्सेज (जेएनआईएमएस)- मा सुरक्षा गार्डको रूपमा कार्यरत छन्,- लाई घाइते अवस्थामा तत्काल रीजनल इन्स्टीट्यूट अफ मेडिकल साइन्सेज (रिम्स) लगियो।लाम्फेल थानाबाट बिहीवार प्राप्त जानकारी अनुसार यो आक्रमण पूर्ण रूपले सुनियोजित घटना हो। तथापि यसको पछाड़ि के कारण रहेको छ अहिलेसम्म स्पष्ट हुन सकेको छैन। सुरक्षा बलहरूले घटनापछि सम्पूर्ण क्षेत्रमा गहन खोजी अभियानलाई तीव्रता दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement