गुवाहाटी(असम): राज्यको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा)-ले आगामी ७ फरवरीसम्म सबै जिल्ला समितिहरू गठन गर्ने प्रक्रिया शुरू गरेको छ। भाजपाका नवनिर्वाचित प्रदेश अध्यक्ष सांसद दिलीप सैकियाले पहिला नै राज्यका १० जना वरिष्ठ नेताहरूलाई जिल्ला समितिहरू गठन गर्नका लागि पर्यवेक्षकको रूपमा नियुक्त गरेका छन्।
बिहीवार प्रदेश भाजपाका प्रवक्ता सुभाष दत्ताले भने, जुन नेताहरूलाई आगामी १४ फरवरीसम्ममा असमका अधिकांश जिल्ला समितिहरूलाई सुदृढ़ बनाउने जिम्मेवारी सुम्पिइएको छ उनीहरूमा असम सरकारका मन्त्री रञ्जीत कुमार दास, मन्त्री प्रशान्त फुकन, मन्त्री पियुष हजारिका, मन्त्री जयन्त मल्ल बरुवा, मन्त्री जोगेन महन, मन्त्री कौशिक राय, पूर्व प्रदेश अध्यक्ष भवेश कलिता, प्रदेश महासचिव पुलक गौहाईं, दिप्लू रञ्जन शर्मा औ पूर्व सांसद पल्लव लोचन दास सामेल छन्। यिनीहरूले पर्यवेक्षकको रूपमा भाजपाको संविधान अनुसार एक पर्ण जिल्ला समिति गठन गर्नेछन्।भाजपा प्रवक्ताले बताे, यसपूर्व नवनिर्वाचित प्रदेश अध्यक्ष सैकियाले पहिला नै नवनिर्वाचित जिल्ला अध्यक्ष, जिल्ला प्रभारी, जिल्ला सह-प्रभारी, सांसद, विधायकहरूलाई असमका ४३३ मण्डलहरूको पूर्ण समिति गठन गर्नको लागि ७ फरवरीसम्म कार्य सुम्पिइएको छ।