विन्टर क्याम्पको तेस्रो दिनको कार्यक्रम भव्यताको साथ सम्पन्न

IMG-20250206-WA0279(1)

गोरुबथान: कालेबुङ प्राथमिक शिक्षा परिषदको पहलमा प्राथमिक पाठशालाका विद्यार्थीहरूको विकास हेतु यस वर्षदेखि विन्टर क्याम्प कार्यक्रम शुरु गरेको छ। आज तेस्रो दिनको कार्यक्रम बडा फागु गोदाम गाउँ प्राथमिक पाठशालामा सम्पन्न भएको थियो। आजको कार्यक्रममा दिवसीय सभापति डि.के. घिसिङ थियो भने मुख्य अतिथिको आसनमा ४३ नम्बर समष्टि कार्यकारिणी सभासद रतन थापा थिए।

विशिष्ट अतिथिको रुपमा पन्च कुमार राई कर्मध्यक्ष, आनन्द तामाङ बडा फागु चियाकमान म्यानेजर, नङसल डोमा राई पन्चायत प्रधान नीम ग्राम पन्चायत, सुवास सोताङ साहित्यकार, दिपक राई पन्चायत सदस्य, बिबेक तामाङ उपप्रधान नीम जिपी, डिगबीर तामाङ भूतपुर्व सैनिक, प्रदेश राई अनुज्ञालय तथा अन्यान्य थिए।तेस्रो दिनको विन्टर क्याम्पमा अंशग्रहण गर्ने पाठशालाहरु क्रमैले अप्पर फागु प्राथमिक पाठशाला, नीम प्राथमिक पाठशाला, लुङसेल प्राथमिक पाठशाला, घिस फरेष्ट भिलेज प्राथमिक पाठशाला, अपर फागु गोदाम गाउँ प्राथमिक पाठशाला रहेको थियो।

निम्नलिखित पाठशालाका शिक्षक/शिक्षिकागण, अभिभावकगण, तथा अतिथिहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा साँच्चै लोभलाग्दो र रमाइलो भएको थियो। प्राथमिक पाठशालाका स साना नानीहरुले यस कार्यक्रममा धेरै आन्नद गरे तथा धेरै ज्ञान पनि हासिल गरे। उपस्थित मुख्य अतिथि, दिवसीय सभापति तथा केही अतिथिहरुले यस्ता कार्यक्रमको खुलेर प्रशंसा गरे। प्राथमिक पाठशालाहरुमा दिनोदिन विद्यार्थीहरुको संख्यामा कमी आइरहेको छ।

यो शोचनीय विषय हो।यस्तो बेलामा कालेबुङ प्राथमिक शिक्षा परिषदको यो पहलले पक्कै पनि सकरात्मक प्रतिफल ल्याउने छ भन्ने विचारहरु राखेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement