असंगठित क्षेत्रमा कार्यरत श्रमिकहरूलाई लिएर मिरिकमा गाेर्खा श्रमिक संगठनकाे सभा हुने

IMG-20250206-WA0337

मिरिक: मिरिक गाेर्खा श्रमिक संगठनकाे सभा मिरिक बजार सार्वजनिक भवनमा आगमी ९ फरवरीमा हुने संगठनका विमल प्रधानले जानकारी गराएका छन्। उनले उक्त सभामा स्थानीय सबै असंगठित क्षेत्रमा कार्यरत श्रमिकहरूलाई सहभागी भइदिने अनुराेध गरेका छन्। उनले वर्तमान समयमा स्थानीय श्रमिकहरूले राेजगारकाे अवसर पाउन छाेडेकाे अनि अन्य ठाउँका श्रमिकहरूले धेरै राेजगार पाइरहेकाे जानकारी गराउँदै आफ्नाे ठाँउमा आफ्न‌ै श्रमिकहरूले राेजगार पाउनुपर्छ भन्ने संगठनकाे माग रहेकाे बताएका छन्। उनले उक्त विषयमा व्यापक छलफल अनि कमिटी गठनकाेनलागि सभा डाकिएकाे जसमा मिरिक महकुमाभरिका श्रमिकहरूलाई उपस्थित भइदिने अनुराेध गरेका छन्। उनले स्थानीय गृह निर्माणकाे शीप भएका दक्ष श्रमिकहरू धेरै रहे पनि स्थानीयहरूले किन राेजगार पाइरहेकाे छैन। चिन्ता र साेचनीय विषय बनिरहेकाे समय श्रमिकहरू संगठित हुन अति आवश्यक रहेकाे बताउँदै अन्य ठाउँका श्रमिकहरूभन्दा स्थानीय श्रमिकहरूमा भएकाे कमी कमजाेरीबारे पनि सभामा चर्चा गरिनेछ भनी बताएका छन्। उनले स्थानीय श्रमिकहरू कुनै पनि निर्माण कार्यमा दक्ष रहँदा रहँदै किन राेजगार पाइरहेकाे छैन। चुक कहाँ भइरहेछ यस विषयमा गहन चर्चा हुन अति आवश्यक रहेकाे बताउँदै सबैले आफ्नाे दक्षता र इमानदारीपूर्वक कार्य गरे राेजगार नपाउने कुरा नै आउँदैन भनी बताएका छन्।उनले संगठनकाे सरकारी पञ्जीकरण भइसकेकाे जानकारी गराउँदै उक्त सभामा संगठन विस्तार र कार्य प्रणालीबारे पनि चर्चा गरिने जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement