ईपीएलः रासफोर्डको २ गोलले म्यानचेष्टर युनाइटेडको रोमाञ्चक जीत

IMG-20220905-WA0115.jpg

५ सेप्टेम्बरः म्यानचेष्टर युनाइटेडले ईंग्लिश प्रीमियर लीग (ईपीएल)-मा आइतवार राति रोमाञ्चक जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड ओल्ड ट्रेफर्डमा म्यानचेष्टर युनाइटेडले असल लयमा रहने आर्सनललाई ३-१-ले पराजित गऱ्यो। ईपीएलको जारी सीजनमा आर्सनलको यो पहिलो हार हो। म्याचमा ६१ प्रतिशत पोजेशनको साथ खेल्ने आर्सनल एक समय त १-१-को बराबरीमा पुगिसकेको थियो तर मार्कस रासफोर्डले ९ मिनटभित्र २ गोल गरी युनाइटेडलाई जीत दिलाए। रासफोर्डले 66औं र 75औं मिनटमा गोल गरे। यसअघि एण्टोनीले ३५औं मिनटमा गोल गरी युनाइटेडलाई १-०-को बढ़त दिलाए। त्यसपछि बुकायो शाकाले ६०औं मिनटमा गोल गरी आर्सनललाई १-१-को बराबरीमा पुऱ्याए। म्याचमा म्यानचेष्टर युनाइटेडका स्टार फूटबलर क्रिस्टियानो रोनाल्डो स्थानापन्न खेलाड़ीको रूपमा मैदानमा ओर्लिए। यस हारपछि पनि आर्सनल ६ वटा म्याचमा १५ पोइण्टको साथ ईपीएल टेबलको शीर्ष स्थानमा कायम रह्यो। यसरी नै पाँचौं स्थानमा रहने युनाइटेडसँग १२ पोइण्ट रहेको छ। ईपीएलको अन्य एउटा म्याचमा ब्राइटनले लिस्टर सिटीलाई ५-२-ले पराजित गऱ्यो। ब्राइटनबाट एलेक्सिस माक एलिस्टरले २ गोल गरे। यस जीतको साथै ब्राइटन १३ पोइण्टको साथ चौथो स्थानमा पुग्यो। पूर्व विजेता लिस्टर चाहिँ केवल १ पोइण्टको साथ २०औं स्थानमा रहेको छ।

About Author

Advertisement