३० प्रतिशत चियाबारीको जमीन व्यापारीहरूलाई दिनु घातक हो: समन पाठक

IMG-20250206-WA0256

खरसाङ: हिजो बङ्गाल ग्लोबल बिजीनेस समिट सत्रमा मुख्यमन्त्री ममता ब्यानजीले चियाबगानको ३० प्रतिशत जमीन व्यापारीहरूलाई विभिन्न व्यापार गर्नका लागि दिने घोषणा एकदमै घातक रहेको भनी माकपा श्रमिक‌ नेता तथा पूर्व राज्यसभा सांसद समन पाठकले प्रतिक्रिया जनाएका छन्। दार्जीलिङ मात्र नभएर पूरै उत्तर बंगालको चिया उद्योग सबैभन्दा धेरै रोजगार प्रदान गर्ने र अर्थतन्त्रको मुख्य स्रोत हो। अहिले राज्य सरकार र केन्द्रीय सरकारको नीतिका कारण बिस्तारै यो उद्योगलाई ध्वस्त पार्ने षड्यन्त्र चलिरहेको छ। १५ प्रतिशत भनेको डेढ एकड हो भने ३० प्रतिशत त्यसको डबल हुन्छ। यहाँका पुस्ता श्रमिकहरू डेढ सय वर्षदेखि बसोबास गर्दै आए पनि आजसम्म जमीनको मालिकाना हक पाएका छैनन्। पाँच डेसिमलको सर्वेक्षणको वास्तविक रहस्य मुख्यमन्त्रीले खोलेका छन्। चिया बगानका स्थायी वासिन्दाहरूलाई उच्छेद गर्ने र ठूलो पूंजी वा व्यापारीलाई यो जमीन लुट्ने छुट दिन खोजेको उनको आरोप छ।
माकपा श्रमिक सङ्गठन यसको घोर विरोध गर्नको साथै सम्पूर्ण ट्रेड युनियनहरूलाई एकजुट भएर विरोध गर्नको लागि उनले आह्वान गरेका छन्।‌

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement