हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन नरबुङ युनिट कमिटी गठन साथै प्रबन्धकसित भेट

IMG-20250206-WA0241

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन नरबुङ युनिटको कमिटी गठन गरिएको छ। उक्त कमिटी गठनको लागि भागोप्रमो नरबुङ शाखाको सभापति प्रणय देवानको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त सभामा नै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन नरबुङ युनिटको कमिटी गठन गरिएको छ। उक्त कमिटीमा सभापति विकास गुरुङ, उप सभापति बिक्रम राई, कुन्ती राई र माया राई, सचिवमा रोशन सुब्बा, सह सचिवमा अञ्जान प्रधान, पूजा बराईली र मैया प्रधान, प्रचार प्रसारमा युवराज बिक्रम छेत्री, सल्लाहकारमा राजेस थापा, प्रणय देवान, मातृका देवान, सजित राई, अम्बिका देवान लगायत १५ जनाको कार्यकारी सदस्यहरु चयन भएका छन्। उक्त नरबुङ युनिटको कमिटी गठन गरिएपछि यस कमिटीले तीनधारे महानदी समष्टिको जोनल कमिटीको संयोजक राजेस थापाको अगुवाईमा नरबुङ चियाबारीको प्रबन्धक बप्पा दत्तलाई भेट गरी चियाबारी श्रमिकहरुको विभिन्न समस्याहरु विषयमा ज्ञापन पत्र चढाएका छन्। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको संयोजक राजेस थापाले यस विषयमा जानकारी गराउँदै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन नरबुङ युनिटको कमिटी गठन गरिएको र उक्त कमिटी गठन गरिएपछि नरबुङ चियाबारीको प्रबन्धक बप्पा दत्तलाई भेट गरी श्रमिकहरुको ग्राजुएटी नपाएको विषयमा साथै श्रमिकहरु, स्टाफ, सप स्टाफहरु र कतिपय समस्याहरु विषयमा प्रबन्धकलाई जानकारी गराएको बताएका छन्‌। उनले बताए अनुसार बगानको प्रबन्धकले आगामी ८ फरवरीभित्रमा श्रमिकहरुको ७५ प्रतिशत ग्राजुएटी दिने भनिए पनि युनियनले सय प्रतिशत दिनु पर्ने मांग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement