मेलबर्न: अष्ट्रेलियाई अलराउण्डर मार्कस स्टोइनिसले बिहीवार आफ्नो करियरको अघिल्लो अध्यायमा सम्पूर्ण रूपले ध्यान केन्द्रित गर्नको निम्ति वनडे इण्टरनेशनल क्रिकेटबाट सन्न्यासको घोषणा गरे। स्टोइनिसलाई च्याम्पियन्स ट्रफीको निम्ति अष्ट्रेलियन टीममा चयन गरिएको थियो। अहिले उनको सन्न्यासको घोषणाले टीम समस्यामा परेको छ कारण टीमका प्रमुख खेलाड़ीहरू पहिलादेखि नै चोटसँग जुझिरहेका छन्। ३५ वर्षीय स्टोइनिस टी२० इण्टरनेशनल प्रारूपमा चाहिँ चयनको निम्ति उपलब्ध रहनेछन्। अष्ट्रेलियासँग च्याम्पियन्स ट्रफीको निम्ति आफ्नो अन्तिम टीम घोषणा गर्न १२ फरवरीसम्मको समय रहेको छ, जुन १९ फरवरीदेखि पाकिस्तान र दुबईमा आयोजित गरिनेछ। उनले यसरी अचानक खेलबाट सन्न्यास लिने फसेला ह्यामस्ट्रिंगको चोटले गर्दा हुनसक्छ, जुन उनलाई डरबन सुपर जायण्ट्सबाट खेल्दा एसए२० को अवधि लागेको थियो। क्रिकेट अष्ट्रेलियाद्वारा जारी बयानमा स्टोइनिसले भनेका छन्, अष्ट्रेलियाको निम्ति वनडे क्रिकेट खेल्नु एउटा अविश्वसनीय यात्रा रह्यो अनि म मैदानमा बिताएको हरेक क्षणको निम्ति आभारी छु। उच्चतम स्तरमा देशको प्रतिनिधित्व गर्नु एउटा अभूतपूर्व अनुभव रह्यो, जसलाई म सदा आफ्नो मनमा सजाएर राख्नेछु। यो सजिलो निर्णय थिएन तर मेरो विचारमा वनडे-बाट टाढ़ा रहने आफ्नो आफ्नो करियरको अघिल्लो अध्यायमाथि पूरा ध्यान केन्द्रित गर्ने यो सही समय हो। स्टोइनिसले आफ्नो करियरमा ७१ वटा वनडे इण्टरनेशनल म्याचमा २६.६९-को औसतले १४९५ रन बनाए। यसमा न्यूजील्याण्डविरुद्ध २०१७-मा बनाएको अविजित १४६ रन उनको सर्वोच्च स्कोर रह्यो। उनले यस प्रारूपमा एउटा शतक र ६ वटा अर्द्धशतक बनाए। स्टोइनिसले वनडेमा ४८ विकेट पनि हासिल गरे। उनले सेप्टेम्बर २०१५-मा ईंग्ल्याण्डविरुद्ध म्याचको साथ वनडे प्रारूपमा पदार्पण गरेका थिए। स्टोइनिसले भने, रन (मुख्य प्रशिक्षक एण्ड्र्यू म्याकडोनाल्ड)-सँग मेरो असल सम्बन्ध रह्यो अनि म उनको समर्थनको सराहना गर्छु। अब म पाकिस्तानमा खेलाड़ीहरूलाई उत्साह प्रदान गर्नेछु।
अष्ट्रेलियालाई अहिले केही प्रमुख खेलाड़ीहरूका चोटले सताएको छ। टीमका कप्तान तथा प्रमुख पेस बलर प्याट कमिन्स खुट्टाको चोटले गर्दा च्याम्पियन्स ट्रफीमा अनिश्चित बन्न पुगेका छन्। यसरी अनुभवी अलराउण्डर मिचेल मार्श ढाड़को चोटले गर्दा टुर्नामेण्टबाट बाहिर भएका छन् जबकि पेस बलर जोश हेजलवुड पनि शत प्रतिशत फिट छैनन्। अष्ट्रेलियाले च्याम्पियन्स ट्रफीमा आफ्नो अभियानको शुरुवात २२ फरवरीमा लाहौरमा ईंग्ल्याण्डविरुद्ध म्याचको साथ गर्नेछ। त्यसपछि दक्षिण अफ्रिका (२५ फरवरी, रावलपिण्डी) र अफगानिस्तान (२८ फरवरी, लाहौर)-विरुद्ध पनि म्याच रहेको छ। प्रशिक्षक म्याकडोनाल्डले वनडेमा स्टोइनिसको योगदानको सराहना गरेका छन्। उनले भने, एक दशकभन्दा अधिक समयदेखि स्टोइनिस हाम्रो वनडे सेटअपको महत्त्वपूर्ण हिस्सा रहे। उनी एकजना अमूल्य खेलाड़ी मात्र नभएर समूहमा एक अविश्वसनीय व्यक्ति पनि हुन्। उनलाई उनको वनडे करियर र उनको सबै उपलब्धिहरूका निम्ति बधाई।