विजय दुर्गमा अर्पित गरे श्रद्धाञ्जलि
कोलकाता: भारतीय सेनाको आमन्त्रणमा रोयल भोटाङ आर्मीका चीफ अपरेटिङ अफिसर (सीओओ) लेफ्टिनेन्ट जनरल बातू छिरिङ कोलकाता आइपुगेका छन्। उनले विजय दुर्गमा आय़ोजित एक कार्यक्रममा श्रद्धाञ्जलि अर्पित गरे।
भारतीय सेनाको चीफ अफ स्टाफ आरके श्रीकान्त र जीओसी हेडक्वार्टरले उनको स्वागत गरे। यस अवसरमा ईस्टर्न कमान्डका अन्य वरिष्ठ अधिकारी पनि उपस्थित रहे। यस कार्यक्रमको माध्यमले भारत र भोटानबीच सैन्य सम्बन्धहरूको मजबुती र आपसी सहयोगको सन्देश दिइएको छ। लेफ्टिनेन्ट जनरल बातू छिरिङको यो यात्रा दुवै देशहरूका सैन्य कूटनीतिक सम्बन्धहरूलाई अझ् सशक्त गर्ने दिशामा एक महत्वपूर्ण कदम बताइँदैछ।