गेजिङमा अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघले स्थापना दिवस पालन गर्ने

IMG-20240717-WA0003

गान्तोक: आगामी २६ फरवरीको दिन पश्चिम सिक्किमको गेजिङ जिल्ला अन्तर्गत क्योङ्गसा खेल मैदानमा अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघले आफ्नो स्थापना दिवस भव्यरूपमा मनाउने निर्णय लिएको छ।
समारोहमा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित हुने जानकारी अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघका अध्यक्ष नारायण खतिवडाले राजधानीमा आज आयोजित एक पत्रकार सम्मेलनमा दिए। अध्यक्ष खतिवडाले संघको एक प्रतिनिधि टोलीले आज मुख्यमन्त्री प्रेमसिंह तामाङलाई उनको मिन्तोकगाङस्थित सरकारी आवासमा भेट गरेर समारोहको निम्ति निमन्त्रणा दिएको बताए। उनले संघको स्थापना दिवसको भव्य अनि सभ्यरूपमा गेजिङ जिल्ला अन्तर्गत क्योङ्गसा खेल मैदानमा मनाइने बताए। उनले यस अवसरमा खस समुदायको सांस्कृत र परम्परा झल्काउने कार्यक्रमहरू प्रस्तुत गरिने बताए। उनले उक्त दिन खस समुदायहरूलाई आफ्नो परम्परागत पोशाक लगाएर उपस्थित भइदिन अपील गरे।यसैगरी, संघका सदस्य दिवाकर बस्नेतले संघको स्थापना दिवसको अवसरमा राज्यका ३१ टेरिटोरियल समष्टिमा प्राथमिक पाठशालाका पुस्तकालयहरूमा पुस्तक प्रदान गर्ने योजना रहेको जानकारी गराए।

About Author

Advertisement