देशको पहिलो एशियाड स्वर्ण पदक विजेता सचिन नागलाई हल अव् फेम-मा सामेल गरिने

IMG-20250206-WA0177

नयाँ दिल्ली: एशियन गेम्समा भारतकाे पहिलो स्वर्ण पदक विजेता स्वीमर सचिन नागलाई अन्तर्राष्ट्रिय पौड़ी महासंघ (फिना)-ले हल अव् फेम-मा सामेल गऱ्यो। महासंघले उनका पुत्र अशोक नागलाई उनको पितालाई यो सम्मान दिइने जानकारी दिएको छ। सचिन नागले १९५१-मा दिल्लीमा भएको एशियन गेम्समा प्रधानमन्त्री जवाहर लाल नेहरु समक्ष देशलाई १०० मीटर फ्रीस्टाइलमा स्वर्ण पदक दिलाएका थिए। उनले पछिबाट रिलेमा पनि काँस्य पदक जितेका थिए। उनले १९४८-को लण्डन ओलम्पिकमा पनि हिस्सा लिएका थिए। सचिन नागको १९८७-मा निधन भएको थियो। उनलाई मरणोपरान्त यो सम्मान यस साल जुलाईमा सिंगापुरमा हुने वर्ल्ड च्याम्पियनशीपको अवधि दिइनेछ। नागको साथमा दिग्गज स्वीमर रेयान लोश्टे र जोसेफ स्कूलिंगलाई पनि यो सम्मान दिइनेछ। हल अव् फेममा जनी वाइजमुलर, माइकल फेल्प्स जस्ता स्वीमर सामेल छन्। अशोक नागको संघर्षपछि सचिन नागलाई २०२०-मा ध्यानचन्द लाइफटाइम पुरस्कारले सम्मानित गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement