सेमिफाइनलमा स्थान बनाउन सफल भयो एनसीएफसी सिलगढ़ी

IMG-20250206-WA0149

मिरिक: फुवागढ़ी राइजिंग युथ क्लब (मिरिक)-को तत्त्वावधानमा आयोजित फूटबल टुर्नामेण्टमा एनसीएफसी सिलगढ़ीले सेमिफाइनलमा स्थान बनायो। फुवागढ़ी लामेटार ग्राउण्डमा बुधवार खेलिएको दोस्रो क्वार्टर फाइनल म्याचमा एनसीएफसी सिलगढ़ीले रामुदामु बोयज विरुद्ध ४-२-ले जीत हासिल गऱ्यो। टुर्नामेण्टको फाइनल २३ फरवरीमा खेलिनेछ।

यस फाइभ ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement