नयाँ दिल्ली: दुईपल्टकी ग्राण्ड स्ल्याम च्याम्पियन सिमोना हालेपले टेनिसबाट सन्न्यास लिइन्। रोमानियाकी स्टार खेलाड़ी हालेपले इटलीकी लूसिया बोञ्जेटीविरुद्ध ट्रान्सिल्वेनिया ओपनको पहिलो राउण्डको म्याचमा ६-१, ६-१-ले हारपछि सन्न्यासको घोषणा गरिन्। म्याचपछि हालेपले भनिन्, मैले आफ्नो अन्तरात्माबाट यो फसेला लिएकी छु। म विश्वकी नम्बर एक खेलाड़ी बने, मैले ग्राण्ड स्ल्याम जिते। यो असल कुरा रह्यो कारण म यही सब चाहन्थे। जीवन यसरी नै चलिरहन्छ। टेनिस बाहिर पनि जीवन छ अनि हामी फेरि भेट हुने मलाई आशा छ। मीडिया रिपोर्ट अनुसार, २ सालसम्म चलेको डोपिंग मामिलापछि डब्ल्यूटीए टूरमा फर्किने यस हप्ता आयोजित उनको पाँचौं टुर्नामेण्ट थियो। गत महिना घुँड़ाको चोटले गर्दा उनी अष्ट्रेलियन ओपनको क्वालीफायरबाट पछि हटेकी थिइन्। हालेपले २०१८-मा स्लोएन स्टीफन्सलाई पराजित गरी फ्रेञ्च ओपनको रूपमा आफ्नो पहिलो ग्राण्ड स्ल्याम खिताब जितेकी थिइन्। त्यसपछि उनले २०१९-मा विम्बल्डनमा पनि महिला एकलको खिताब जितेकी थिइन्।