सिक्किम विधानसभाको एकदिवसीय अधिवेशनमा सातवटा विधेयक पेश

IMG-20240717-WA0003

गान्तोक: ११औं सिक्किम विधानसभाको दोस्रो सत्रको एकदिवसीय अधिवेशनमा आज सदनमा सातवटा विधेयक पेश गरियो। पास गरिएको विधेयमा तीनवटा संशोधन विधेयक र चारवटा नयॉं विधेयक सामेल छन्। आज सदनमा पेश गरिएका सातवटै विधेयकमाथि विधानसभाको आगामी अधिवेशनमा चर्चा एवं मतदान हुनेछ।मुख्यमन्त्री एवं यातायात विभाग तथा भू राजस्व एवं आपदा प्रबन्धन विभागका प्रभारी मन्त्री प्रेमसिंह तामाङले क्रमश: ‘सिक्किम मोटर वाहन कराधान (संशोधन) विधेयक, २०२५’ र ‘सिक्किम पब्लिक डिमाण्ड्स रिकभरी (संशोधन) विधेयक, २०२५’ सदनमा पेश गरे। यसैगरी, शहरी विकास विभागका प्रभारी मन्त्री भोजराज राईले ‘सिक्किम नगरपालिका (संशोधन), विधेयक २०२५ पेश गरे।सदनमा शिक्षा विभाग मन्त्री राजु बस्नेतले कुल चारवटा नयॉं विधेयक पेश गरे, जसमा ‘स्वस्तिक विश्वविद्यालय, सिक्किम, विधेयक,२०२५’, ‘ट्राइडेन्ट यूनिवर्सिटी अफ् एप्लाइड साइन्सेज, सिक्किम, बिज २०२५’, ‘श्री वेंकटेश्वर विश्वविद्यालय विधेयक, २०२५’ र ‘सिक्किम मोडल स्कूल्स बिल, २०२५’ सामेल छन्। विधानसभाको एकदिवसीय अधिवेशनमा आज अनुमान समितिको चुनाउ पनि सम्पन्न गरियो। चुनाउपछि, विधानसभा अध्यक्ष शेर्पाले विधायक आदित्य गोलेलाई अनुमान समितिको अध्यक्ष र विधायक सतिशचन्द्र राईलाई सदस्य घोषणा गरे। सदनमा सिक्किम विधानसभाका पूर्व सदस्य स्व. थुटोब भोटियालाई श्रद्धाञ्जलि अर्पित गर्दै दुई मिनट मौन धारण गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement