गान्तोक: सामसङ तामाङ विरुद्ध तत्काल कारबाही गर्न सिक्किम पुलिस विफल बनेको भन्दै भाजपा सिक्किमले गहिरो चिन्ता व्यक्त गरेको छ।
व्यापक आक्रोश हुॅंदाहुॅंदै पनि कानुनी कारबाहीमा ढिलाइले न्याय कायम राख्ने र सामाजिक सद्भाव कायम राख्ने राज्य प्रशासनको प्रतिबद्धतामाथि गम्भीर प्रश्न उठाउँछ भनी भाजपा सिक्किमले बताएको छ।भाजपा सिक्किमको मिडिया प्रभारी निरेन भण्डारीले आज जारी प्रेस विज्ञप्तिमा भनेका छन्, सिक्किम सधैं सबै समुदायहरूबीच शान्तिपूर्ण सहअस्तित्वको लागि परिचित छ। यस्ता घटनाहरू विरुद्ध दृढतापूर्वक र ढिलाइ नगरी कारबाही गर्नुपर्छ। उनले सामसङ तामाङको तत्काल पक्राउ र सामाजिक सञ्जालबाट सबै विभाजनकारी सामग्री हटाउनु पर्ने माग राखेका छन्।