गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले एसकेएम पार्टीको सरकार गठन भएदेखि नै समावेशी शासन, धार्मिक तटस्थता, साम्प्रदायिक सद्भाव, पारस्परिक सहयोग र विपन्न वर्गको लागि सहयोगप्रति प्रतिबद्ध बनेर काम गरिरहेको बताएका छन्।
आज ११औं सिक्किम विधानसभाको दोस्रो सत्रको एकदिवसीय अधिवेशनमा आफ्नो धन्यवाद ज्ञापन प्रस्तुत गर्दै मुख्यमन्त्रीले उक्त कुरा भनेका हुन्। मुख्यमन्त्रीले एसकेएम पार्टीलाई दोस्रोपटक स्पष्ट बहुमतका साथ पुन: निर्वाचित गरेकोमा सिक्किमे जनताप्रति हार्दिक आभार व्यक्त गरे। उनले सदैव गरिब र असहायहरूको साथमा उभिने र बहुआयामिक विकास र समावेशी प्रगतिको आकांक्षाका साथ उनीहरूका कठिनाइ कम गर्न अथक प्रयास गर्ने प्रतिबद्धतालाई व्यक्ति गरे।