नाम्ची पीएमश्री स्कूललाई ग्रीन स्कूल अवार्ड

IMG-20250205-WA0259

गान्तोक: नयाँ दिल्लीको इन्डिया हेबिटेट सेन्टरमा आयोजित एक कार्यक्रमबीच नाम्ची जिल्लाको पीएमश्री सरकारी उच्चत्तर माध्यमिक विद्यालयलाई ग्रीन स्कूल पुरस्कारले सम्मान जनाइयो। पर्यावरण विज्ञान केन्द्रद्वारा आयोजित कार्यक्रममा ग्रीन स्कूल प्रमाण पत्र र पुरस्कार अर्पण गरेको थियो। सीएससीकी महानिर्देशक सुनिता नारायणले पुरस्कार प्रदान गरेकी हुन्। उक्त पुरस्कार विद्यालयका शिक्षक केएस राई, दुई विद्यार्थी प्रतिक अधिकारी र अदित्य कुमारले ग्रहण गरे। ग्रीन अवार्ड समारोह सेन्टर फर साइन्स एण्ड इन्भाइरोमेन्टद्वारा आयोजित वार्षिक कार्यक्रम हो। वर्ष २०२५ को कार्यक्रममा देशभरिका विभिन्न विद्यालयका युवा पर्यावरणविद्हरूले सहभागिता जनाएका थिए। जसमा दशहजार भन्दा बढी विद्यालयहरूले ग्रीन स्कूल अडिट रिपोर्टहरू पेश गरेका थिए। जसमा देशभरिका १५० विद्यालयहरूलाई ग्रीन स्कूल दर्जा दिइएको थियो। तीमध्ये सिक्किमको उक्त स्कूल पनि सामेल भएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement