नक्सलबारीमा ब्राउन सुगरसहित दुइजना पक्राउ

IMG-20241104-WA0112

नक्सलबारी: पुलिसले ब्राउन सुगरसहित दुई युवालाई पक्राउ गरेको छ। पक्राउ परेका युवाहरूको नाम शमूएल रिसन्त सिंह र अनिमेष क्षेत्री हो।वन विभागबाट सूचना प्राप्त गरेपछि, नक्सलबारी पुलिसले नक्सलबारीको कालाबारी जंगलसँग जोडिएको क्षेत्रमा छापा मारेर दुई युवालाई पक्राउ गरेको छ। दुवै युवाहरूको खोजी गर्दा उनीहरूबाट २६ ग्राम ब्राउन सुगर बरामद भएको थियो। यसपछि पुलिसले दुवै युवालाई पक्राउ गरेकोछ। घटनास्थलबाट एउटा स्कुटर पनि बरामद गरेको छ। बरामद गरिएको ब्राउन सुगरको अनुमानित बजार मूल्य लाखौं रुपियाँ रहेको छ। पक्राउ परेका दुवै युवालाई आज सिलगढी अदालतमा पेश गरिएको छ। पुलिसले सम्पूर्ण मामिलाको अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement