उत्तरबंग मेडिकल कलेजमा नर्सहरूले गरे विरोध प्रदर्शन

Chhetriya-Samachar-2

सिलगढी: उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा नर्सलाई अपमानित गरेको आरोपमा अन ड्युटी डाक्टरविरूद्ध नर्सहरूको एउटा समूहले विरोध प्रदर्शन गरेका छन्। यो घटना २७ जनवरीको हो। उत्तरबंग मेडिकल कलेज एवं अस्पतालको प्रसूति विभागमा ड्युटीमा रहेको एकजना नर्सले प्रसूतिको समस्याबारे डाक्टरलाई कल बुकमार्फत सम्पर्क गरेका थिए। उक्त कल बुकमा डाक्टरसँग नर्सको विचारविमर्श भएको थियो। त्यसपछि अन ड्यूटी डाक्टरले उक्त कल बुकमा नर्सलाई “इडियट” लेखेर पठाएका थिए। यो कुरा सार्वजनिक भएपछि नर्सहरू आक्रोशित भए अनि त्यसको विरोध गर्न थाले।
आज पुनः उत्तरबंग मेडिकल कलेज एवं अस्पतालका सुपरीटेन्डेन्ट सञ्जय मलिकसँग नर्सहरू भेट्न गए। उनीहरूले यस घटनामा संलग्न व्यक्तिको जाँच गर्ने माग गरे।
घटनाको सबै विवरण सुनेपछि सुपरीटेन्डेन्ट सञ्जय मलिकले जाँच गर्ने आश्वासन दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement