राजगञ्ज: साहूडांगीहाट पीके राय हाई स्कूलमा बाल विवाह रोकथामका लागि एउटा जागरूकता कार्यक्रमको आयोजना गरियो। सिलगढी कलेजको एनएसएस दोस्रो शाखाको पहलमा अनि साहूडांगीहाट पीके राय हाई स्कूलको सहयोगमा विद्यार्थीहरूलाई जागरूकता कार्यक्रमको आयोजना गरिएको हो। यस कार्यक्रममा भोरेर आलो थानाका पुलिस, ब्लक स्वास्थ्य अधिकारी र स्थानीय जन प्रतिनिधिहरू सहित शिक्षकहरू उपस्थित थिए।