डाक्टर इन्द्रबहादुर राई साहित्य प्रतिष्ठानको आयोजनामा जन्म जयन्तीसँगै प्रतिष्ठानको आरम्भ

IMG-20250205-WA0246

दार्जीलिङ: मुर्धन्य साहित्यकार डा इन्द्रबहादुर राईको कृतित्व व्यक्तित्व सँगसँगै विभिन्न ऐतिहासिक दस्तावेजहरूलाई लिएर डा. आइबी राईको संरक्षण र सम्वर्द्धनमा जुटेका छन् डा. इन्द्रबहादुर राई साहित्य प्रतिष्ठान। माता सरस्वती पूजाको पावन दिनलाई केन्द्र गर्दै इन्द्रबहादुर राई साहित्य प्रतिष्ठानको आयोजनामा डा. आइ बी राईका विविध पक्षलाई लिएर के कस्ता विषयहरूलाई लिएर प्रतिष्ठानले भारतीय नेपाली साहित्यमा आफ्नो बहुमूल्य योगदान पुर्‍याएका साहित्यकार इन्द्रबहादुर राईको गरिमालाई यथावत राख्न साहित्यकार के कस्तो प्रकारले सामग्रीहरू संग्रह गर्दै कस्ता प्रकारका विषयवस्तुलाई अँगालेर कार्यक्रम समारोह उत्सव प्रदर्शन आदि गर्न सकिन्छ भन्ने विषय जान्नलाई साथै समग्र कलमवीरहरूको सुझाव अनि परामर्शलाई लिएर डा इन्द्रबहादुर राई साहित्य प्रतिष्ठानको आरम्भ गरिएको छ। डक्टर इन्द्रबहादुर राई साहित्य प्रतिष्ठानको आयोजनामा सालबारी सिलगढी स्थित क्याफे द ट्वीन्समा डा. इन्द्रबहादुर राईको ९७औं जन्म जयन्तीसँगै प्रतिष्ठानमाथि विषद चर्चा परिचर्चा सम्पन्न गरियो।
कार्यक्रमको प्रथम चरणमा परिवारको पक्षमबाट देशपथ राई, केवल राईले डा. राईको तस्वीरमा श्रद्धा अर्पण गरेपछि साहित्यकार विन्द्या सुब्बा, पेम्पा तामाङ, डा. वीणा हाङखिम, अमला क्षेत्री सुब्बाको बाहुलीबाट दीप प्रज्वलन गरेर श्रद्धाञ्जली अर्पण गरियो। पत्रकार सबिता संकल्पद्वारा सञ्चालन गरिएको यस कार्यक्रमको प्रथम चरणमा परिवारको पक्षबाट मणिकुमार प्रधानले डा. इन्द्रबहादुर राई साहित्य प्रतिष्ठानको स्थापना कुन उद्देश्यमा र कुन परिकल्पनामा स्थापना गरिएको हो भन्ने विषयबारे प्रकाश पारे। डा. इन्द्रबहादुर राईको विभिन्न पक्षलाई प्रकाश पार्दै अनि आजदेखि यस प्रकार प्रतिष्ठानको आरम्भ भएको पावन दिनलाई हर्ष व्यक्त गर्दै अब उसो प्रतिष्ठानले डाक्टर राईको विषयबारे गर्नपर्ने विषय बुँदालाई उपस्थित लेखकहरूले आआफ्नो विचार मन्तव्य सुझाउ अनि परामर्श व्यक्त गरेका छन्। विशेषगरी परिवार पक्षबाट आइबी राईका सुपुत्री केवल राई बेदिका राई साथै उनका दाइ देशपथ राईको यो जुन कदम रहेको छ यसप्रति सबैले हर्ष व्यक्त गर्दै आआफ्नो विचारहरु व्यक्त गरेका छन्। उपस्थित श्रष्टाहरूले कार्यक्रममा आआफ्नो सक्रिय उपस्थिति दिँदै प्रतिष्ठानलाई यथाशक्य हयोग पुर्‍याउने पनि वाचा बन्धन गरेका छन्। यस प्रकार आआफ्नो वक्तव्यहरू व्यक्त गर्ने कलमवीरहरूमा
क्रमैसँग विन्द्या सुब्बा, सतीश रसाईली, विमल राई, पेम्पा तामाङ, नरेश चन्द्र खाती, मोहन ठकुरी, ज्ञानेन्द्र खतिवडा, सञ्जय वान्तवा, कृष्णराज घतानीलगायत अन्यले आ-आफ्नो वार्ता राखे भने कार्यक्रममा नारी हस्ताक्षर स्नेहलता राई, डा नीना राई, डा साङमू लेप्चा, नीरा नेपाली, मोनिका प्रधान साथै शब्द समयका प्रतिनिधि वर्ग साथै वरिष्ठ साहित्यकारहरुको उपस्थिति रहेको थियो।
परिवारको तर्फबाट कृतज्ञता ज्ञापन गर्दै वेदिका राईले यसप्रकार जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement