पाँच डेसिमल पर्जा पट्टाको विरोध र्‍यालीमा सहभागिता जनाउने आह्वान्

IMG-20250205-WA0244

मिरिक: आगामी ८ फरवरीमा मिरिकमा ईण्डियन गाेर्खा जन फ्रण्टकाे आयोजनामा हुन लागेको ५ डेसिमल पर्जा पट्टा विरोध र्‍यालीमा व्यापक सहभागिताको आह्वान गरिएको छ। विरोध र्‍यालीका एक अगुवा सुमन गुरूङले चिया बगानका मजदुरहरूसँगै बजार क्षेत्र र बस्तीका नागरिकहरूलाई समेत सहभागी हुन आग्रह गरेका छन्। तिनले सरकारले हामीलाई भूमीहीन बनाउने षड्यन्त्र गरिरहेकाे छ। यसकाे चाैतर्फी विराेध हुन अति आवश्यक रहेकाे छ भन्दै हामी भूमीहीन हाेइनाै।हामीले हाम्राे घर घडेरीलाई सुरक्षित राख्नपर्छ भने। उनले विराेध रैलीमा आम नागरिक मात्रै नभएर जनप्रतिनिधिहरूलाई पनि सहभागी बनिदिने अनुराेध गर्दै जीटीएका सभासदहरू लगायत मिरिक नगरपालिका अध्यक्षलाई पनि सहभागी बनिदिने अनुराेध गर्दै पत्रचार गरेका छाैँ भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement