दार्जीलिङ: मूलवासीहरुलाई शरणार्थी तुल्याउने होमस्टेड तथा ५ डेसिमल पट्टाको विरोध जनाउनपर्ने हाम्रो पार्टी श्रमिक सङ्गठनले आह्वान गरेको छ भने ८ फरवरी शनिवार मिरिकमा हुने प्रतिवाद जुलुसमा सचेतवर्ग, आम मानिस, संघसंस्था अनि राजनैतिक दललगायत श्रमिक सङ्गठनहरु उपस्थित भइदिने अपील गरेको छ।
यसबीच चियाबारी क्षेत्रमा वितरण गरिने भनिएको ५ डेसिमल पट्टाको विरोध, निम्नतम रोजदर अधिनियम लागु अनि भविष्यनीधि कोष भुक्तानी गरिनपर्ने मागमा हाम्रो दार्जीलिङ तराई डुवर्स श्रमिक सङ्गठनद्वारा दार्जीलिङको विभिन्न समष्टिमा पोेस्टरिङ गरिएको महासचिव जतन राईले बताएका छन्।

प्रस्तावित ५ डेसिमल पट्टाको कारण हाल तुँवालोभित्र परेकाहरुलाई सचेत गराउन पोस्टरिङ कार्यक्रम गरिएको बताउँदै उनले अर्कोतिर पहाडका अभिभावकहरु कमजोर भएको कारण जनताले दु:ख पाएका मत व्यक्त गरे।