हिल तृणमूल कांग्रेसको माइनोरिटी सेललाई पहाडभरिमा सक्रिय पारिने

IMG-20250205-WA0237

खरसाङ: विभिन्न स्थानहरुमा हिल तृणमूल कांग्रेसको अल्पसंख्यक सेलको संगठन अघाडी बढाइने भएको छ।‌ हिल तृणमूल कांग्रेसको माइनोरिटी सेललाई अघि बढाउनलाई विभिन्न पदहरुमा नियुक्ति गरिएको जानकारी प्राप्त भएको छ। यस क्रममा हिल तृणमूल कांग्रेसको माइनोरिटी सेलको दार्जिलिङ जिल्लाको उप सभापतिको रुपमा सराफत अलिलाई चयन गरिएको छ‌। त्यसरी नै खरसाङ क्षेत्रमा उप सभापतिको रुपमा विशाल थापा र महम्मद असफरिकलाई चयन गरिएको छ भने सलमान अलिलाई सचिवको रुपमा र रुस्तम अलिलाई खरसाङको सह सचिवको रुपमा नियुक्ति गरिएको हिल तृणमूल कांग्रेसको माइनोरिटी सेलको दार्जिलिङ जिल्लाको उप प्रधान सराफत अलिले जानकारी गराएका छन्। उनले अब हिल तृणमूल कांग्रेसको माइनोरिटी सेललाई पहाडभरिको विभिन्न स्थानहरुमा संगठनलाई सक्रिय पारिने जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement