खरसाङ बजार, टुंग र दिलाराम क्षेत्रको ५० परिवारहरूले समाए ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको झण्डा

IMG-20250205-WA0233

खरसाङ: ईण्डियन गोर्खा जनशक्ति फ्रण्टमा समर्थन कार्यक्रम हाती रहेको छ।‌ यसै क्रममा आज ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको खरसाङ कार्यालयमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टमाथि आस्था र भरोसा राख्दै ५० परिवारहरूले पार्टीको झण्डा समाएको‌ विज्ञप्तिमा जनाईएको छ। समर्थन जनाउनेहरूमा खरसाङ बजार र टुङ दिलाराम क्षेत्रकाहरु रहेका छन्। योगेन्द्र राईको नेतृत्वमा समर्थन जनाउन आएका समर्थकहरूलाई इण्डियन गोर्खा जनशक्ति फ्रण्टको महेन्द्र छेत्री, प्रकाश गुरूङ आदिले खदा लगाउँदै समर्थकहरूलाई पार्टीको झण्डा सुम्पिए का छन्।

दार्जीलिङ पार्वतीय क्षेत्रको गाउँ बस्ती, चिया बगान, सिन्कोना बगान आदि क्षेत्रहरूदेखि लिएर शहरीय क्षेत्रहरूका मानिसहरूले इण्डियन गोर्खा जनशक्ति फ्रण्टमाथि आस्था र भरोसा राख्दै फटाफट समर्थन जनाउँदै आईरहेको जनाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement