- डिजिटल रीलदेखि ग्लोबल डील्ससम्म: विजेताले अप्रत्याशित सुगम्यता अनि मान्यता प्राप्त गर्ने: मन्त्रालयको समर्थनका साथ फाइनलमा पुग्नेहरूले वैश्विक स्तरमा प्रतिस्पर्धा गर्नेछन्
- रीलमा विकसित भारत “भारतको विद्यमान प्रावधिक एवं पूर्वाधार प्रगति तथा “इण्डिया@२०४७” को ध्येयवाक्य प्रतिबिम्बित
- देशको प्रगतिका लागि सिर्जनशीलता एवं दूरदृष्टि प्रदर्शित गर्दै भारतको नवाचार यात्राको प्रस्तुति : पञ्जिकरणको अन्तिम मिति १५ मार्च २०२५
नयाँ दिल्ली: विश्व श्रव्य-दृश्य तथा मनोरञ्जन शिखर सम्मेलन (वेभ्स) २०२५ को “रील मेकिङ” च्यालेञ्जका लागि भारत लगायत २० वटा राष्ट्रबाट ३,३७९ प्रविष्टिका साथ अपार प्रतिक्रिया प्राप्त भएको छ।
भारतमा रचना
वेभ्स २०२५ अन्तर्गत प्रमुख पहलका रूपमा शुरु गरिएको प्रतियोगिताले मिडिया अनि मनोरञ्जनको क्षेत्रमा वैश्विक केन्द्रका रूपमा भारतको बढ्दो प्रभावका उजागर गर्दै तेज गतिले विस्तार भइरहेको देशको डिटिल सर्जक अर्थनीतिलाई पनि प्रतिबिम्बित गर्दछ। यो राष्ट्र अनि बाहिरका प्रतिभाहरूलाई समर्थ बनाउने भारतको “क्रिएट इन इण्डिया”को परिकल्पना अनुरूप छ। यस प्रतियोगितामा अफगानिस्तान, अल्बेनिया, अमेरिका, अण्डोरा, एन्टिगुआ एवं बार्बाडोस, बङलादेश, युएई, अस्ट्रेलिया अनि जर्मनलगायत अन्य देशबाट पनि अन्तरराष्ट्रिय सहभागिता प्राप्त भएको छ। यसको वैश्विक पहुँचले भारतको सिर्जनशील क्षेत्रमा बढ्दो प्रभावका साथै विश्वव्यापी रूपमा सामग्री निर्माताका लागि वेभ्स प्रमुख मञ्च रहेको अपीललाई रेखाङ्कित गर्दछ।
तावाङदेखि पोर्ट ब्लेयरसम्म : राष्ट्रव्यापी कथावाचनको बढ्दो लहर
स्वेदशी रूपमा, यस प्रतियोगितामा तावाङ (अरुणाचल प्रदेश), दिमापुर (नागाल्याण्ड), कारगिल (लद्दाख), लेह, शोपिया (कश्मीर), पोर्ट ब्लेयर (अण्डामान एवं निकोबार द्वीप), तेलियामोरा (त्रिपुरा), कसरागोड (केरल) अनि गान्तोक (सिक्किम) जस्ता विविध अनि सुदूर इलाकाबाट पनि प्रविष्टिहरू प्राप्त भएका छन्। स-साना शहर अनि उदीयमान सिर्जनशील केन्द्रबाट वेभ्सको “रील मेकिङ” च्यालेञ्जमा प्रबल प्रतिक्रिया प्राप्त हुनुले भारतको समृद्ध कथावाचन परम्परा तथा बढ्दो डिजिटल सर्जक परितन्त्रलाई प्रतिबिम्बित गर्दछ। चुनौतीको अंशका रूपमा, २० वर्षभन्दा माथिका प्रतिभागीले भारतको विद्यमान प्राविधिक एवं पूर्वाधार प्रगतिका साथमा “विकसित भारत” जस्ता शीर्षकमा राष्ट्रको यी क्षेत्रमा भावी विकासको परिकल्पनाका साथ रील रचना गर्न आवश्यक रहनेछ। यी शीर्षकहरूले कथावाचकलाई ३०-६० सेकेण्डको छोटो फिल्मको माध्यमद्वारा आफ्नो रचनात्मकता अनि देशको प्रगतिका लागि परिकल्पना प्रदर्शित गर्दै भारतको अभिनव यात्रा प्रस्तुत गर्ने मञ्च प्रदान गर्दछन्l
रील मेकिङ च्यालेञ्दका विजेताले यी लगायतका विशिष्ट अवसर प्राप्त गर्नेछन् :
- मेटाद्वारा आयोजित कार्यक्रमका साथमा २०२५ मा रील मास्टरक्लासमा आमन्त्रण।
- वेभ्स २०२५ सम्म सबै खर्च बेहोरिने प्रवेश, जहाँ उनीहरूलाई सम्मानित गरिनेछ।
- अन्तरराष्ट्रिय स्तरको सामग्री रचना प्रतियोगितामा भाग लिन फाइनलमा पुग्नेहरूलाई मन्त्रालयको सहयोग।
- विजेता रीललाई वेभ्स हल अव् फेम, वेभ्सको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जाल मञ्चमा प्रदर्शित गरिनेछ।
“मेक इन इण्डिया, मेक फर दी वर्ल्ड”
वेभ्स २०२५ ले प्रधानमन्त्री नरेन्द्र मोदीको परिकल्पनाका साथै भारतको रचनात्मक शक्तिलाई नयाँ वैश्विक पहिचान प्रदान गर्न लगायत भारतलाई मिडिया, मनोरञ्जन अनि सामग्री रचनाको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने मिशनबाट प्रेरणा लिएको छ। यस शिखर सम्मेलनले उद्योग जगतका अग्रणी, हितधारक अनि सर्जकहरूलाई उदीयमान प्रवृत्तिबारे चर्चा गर्न, सहकार्य बढाउन, भारतको समृद्ध रचनात्मक परितन्त्र प्रदर्शित गर्नका साथमा “मेक इन इण्डिया, मेक फर दी वर्ल्ड” सम्बन्धी पीएमको परिकल्पना कार्यान्वित गर्न एउटा मञ्चमा ल्याउनेछ। सम्पूर्ण भारतका साथमा २० अन्य राष्ट्रबाट सहभागिताका साथ, रील मेकिङ च्यालेञ्ज भारतको विविध साथै गतिशील कथावाचन परिदृश्यको साक्षी बन्नका अतिरिक्त, वैश्विक मिडिया एवं मनोरञ्जन उद्योगको शक्तिकेन्द्रका रूपमा देशको स्थानलाई बल प्रदान गर्दछ। -पीआईबी
थप जानकारीका लागि हेर्नुहोस् : https://wavesindia.org/challenges-२०२५