खरसाङ: ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको खरसाङ नगरपालिका समिति गठन गरिएको छ। इण्डियन गोर्खा जनशक्ति फ्रण्ट खरसाङ कार्यालयमा आज सभा सम्पन्न भयो। यस सभामा ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय कार्यकारिणी समितिको पक्षबाट प्रकाश गुरूङ, एनबी खवास, महेन्द्र छेत्री, योगेन्द्र प्रधान, नर्बु शेर्पा, पूरण तामाङ आदि उपस्थित रहेका थिए। उक्त सभामा खरसाङ नगरपालिका क्षेत्रहरूलाई लिएर ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको समिति गठन गरिएको छ।