‘हन्टर’को क्यारेक्टर लुक्स सार्वजनिक

HUNTER-HBD-arun-Catchcock-Trident

काठमाडौं: चलचित्र ‘हन्टर’को मुख्य पात्रको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ। चलचित्रका मुख्य पात्र अरुण क्षेत्रीको जन्मदिनको अवसर पारेर उनको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो। पोस्टरमा अरुण चिउँडोमा हात राखेर तनावमा देखिएका छन्। उनको अनुहारमा रगत लतपतिएको छ। यसले उनी एक्सन भूमिकामा रहने बताउँछ। श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर निर्माण घोषणा गरिएको चलचित्रमा अन्य कलाकार कोको रहने हालसम्म निर्माणपक्षले सार्वजनिक गरेको छैन। जीवन सिंहले यो चलचित्रलाई निर्देशन गर्नेछन्। उनको यो डेब्यु चलचित्र हो। क्याच कक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने चलचित्रले सुदूरपश्चिमको कथा भन्ने छ। चलचित्र एक्सन इन्टरटेनर हुने निर्देशक सिंहले बताएका छन्।

चलचित्र हन्टर रियल पात्रको कथाबाट इन्स्पायर रहने निर्देशकले बताएका छन्। यद्यपि, चलचित्र सिनेम्याटिक लिवर्टी बनाउने उनको भनाइ छ। “रियल पात्रको कथामा फिक्सन मिसाइनेछ। जसले सिनेमालाई रोचक र रमाइलो बनाउनेछ,” जीवनले भने। चलचित्रमा ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ। ममता सिहं, राज ए भट्ट निर्माता रहेको चलचित्रमा मनीष चन्द र गोविन्द राज सह-निर्माता रहेका छन्। यस सिनेमाका कार्यकारी निर्माता रोयल भिमसेन रहेका छन्। प्रि–प्रोडक्सनमा रहेको चलचित्रको छायांकन पश्चिम नेपालमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement