आगलागीमा आठवटा पसल र एउटा घर जलेर स्वाहा

IMG-20250205-WA0181

अलिपुरद्वार: अलिपुरद्वारको न्युटाउनमा भीषण आगलागी भएको छ। यस घटना हुँदा आठवटा पसल र एउटा घर जलेर खरानी भएको छ। आगलागीबाट करिब १ करोड रुपैयाँ बराबरको क्षति भएको बताइएको छ। मध्यरातमा आगलागी भएको स्थानीयले बताएका छन्। खबर पाउने बित्तिकै अलिपुरद्वार दमकल स्टेशनबाट तीनवटा दमकल घटनास्थलमा पुगे र केही घण्टाको प्रयासपछि आगो नियन्त्रणमा ल्याइयो। स्थानीयवासीले सडकमा रहेको बिजुलीको पोलबाट आगो सुरु भएको दाबी गरेका छन्। आगलागीको कारणको बारेमा दमकल विभागले अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement