बार्सिलोनाको प्रस्ताव स्वीकारेको भए रोनाल्डो र मेस्सीलाई साथमा खेलिरहेको देखिने थियो

IMG-20250205-WA0211

याँ दिल्ली: विश्वका महानतम फूटबलरहरूमा सामेल पोर्तुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेण्टिनाका लियोनल मेस्सीलाई एकसाथ खेलिरहेको हेर्ने इच्छा अहिले पनि करोड़ौं मानिसहरूका मनमा रहेको छ। फूटबल जगतको यो सपना अहिलेसम्म चाहिँ पूरा हुन सकेको छैन तर यस्तो समय पनि आएको थियो जब यी दुईजना एउटै क्लबबाट खेल्न सक्ने थिए। दिग्गज फूटबलर रोनाल्डो स्वयंले यस्तो खुलासा गरेका छन्। रोनाल्डोले करियरको शुरुवातमा स्पेनिश क्लब बार्सिलोनाबाट प्रस्ताव पाएका थिए तर उनले ईंग्लिश प्रीमियर लीग क्लब म्यानचेष्टर युनाइटेडमा सामेल हुने फसेला गरेका थिए, जसले उनको करियरलाई नयाँ मोड़ दियो। रोनाल्डो अहिले सऊदी अरबको क्लब अल-नस्रमा खेलिरहेका छन् जबकि मेस्सी मेजर लीग सकरको क्लब इण्टर मियामीका हिस्सा हुन्।
रोनाल्डो पछिबाट स्पेन गए पनि उनले बार्सिलोनाको चीरप्रतिद्वन्द्वी रियल म्याड्रिडको टीमबाट खेलेका थिए। स्पेन गएपछि २००९-देखि २०१८-सम्म रियल म्याड्रिडको प्रतिनिधित्व गर्दै उनले धेरै रेकर्डहरू बनाए। त्यसअघि उनी २००३-देखि २००९-सम्म म्यानचेष्टर युनाइटेडको हिस्सा थिए। रियल म्याड्रिडको साथमा रोनाल्डोले दुईपल्ट ला लीगा खिताब अनि ४ पल्ट च्याम्पियन्स लीगको खिताब जिते। उनी रियल म्याड्रिडको सर्वकालिक हाईएस्ट गोल स्कोरर पनि हुन्। उनले रियलबाट ४३८ वटा म्याच खेलेर ४५१ गोल गरेका छन्। साल २०१८-मा उनी युभेण्टस गएका थिए अनि त्यसपछि केही समयको निम्ति म्यानचेष्टर युनाइटेडमा फर्किएका थिए। अहिले चाहिँ उनी अल नस्रबाट खेलिरहेका छन्।
रोनाल्डोको शुरुवातदेखि नै मेस्सीसँग तुलना हुँदै आइरहेको छ, जो वर्ल्ड कप विजेता कप्तान पनि हुन्। २०२२-मा मेस्सीकै कप्तानीमा अर्जेण्टिनाले वर्ल्ड कप जितेका थियो। मेस्सी ८ पल्ट त रोनाल्डो ५ पल्टका बेलोन डीओर (सालका सर्वश्रेष्ठ फूटबलरलाई प्रदान गरिने सबैभन्दा ठूलो सम्मान) विजेता हुन्। रोनाल्डोले बताएअनुसार, करियरको शुरुवाती दिनहरूमा (२००३)-मा म्यानचेष्टर युनाइटेडमा जान अघि उनलाई बार्सिलोनाबाट प्रस्ताव आएको थियो अनि उनी त्यस टीममा सामेल हुने संघारमा रहेका थिए। त्यस समय रोनाल्डो स्पोर्टिंग लिस्बन क्लबबाट खेलिरहेका थिए। रोनाल्डोले पछिबाट म्यानचेष्टर युनाइटेडमा सामेल हुने फसेला गरेका थिए। पत्रकार एडू अगुवायरसँग एल चिरिंगुइटो मडी जुगोन्समा कुराकानीको क्रममा रोनाल्डोले बार्सिलोनाको ट्यालेण्ट खोज टीमले उनीसँग सम्पर्क गरेको जानकारी दिए। रोनाल्डोले भने, त्यस समय म स्पोर्टिंग लिस्बन क्लबमा थिए अनि मलाई धेरैवटा क्लबबाट प्रस्ताव आएको थियो। ती क्लबहरूमा बार्सिलोना पनि सामेल थियो। बार्सिलोनाका एकजना व्यक्तिसँग भएको कुराकानी मलाई अहिले पनि याद छ अनि उनी मलाई अनुबन्ध गराउन चाहन्थे तर त्यस्तो हुन सकेन। उनी मलाई त्यही साल नभएर अघिल्लो सालको निम्ति अनुबन्ध दिन चाहन्थे। त्यसपछि म्यानचेष्टर युनाइटेड क्लब आयो अनि मलाई तुरन्तै क्लबमा सामेल हुने प्रस्ताव दियो। फूटबलमा चीजहरू कति छिटो बद्लिन्छ भन्ने तपाईंहरूलाई पनि थाहा छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement