तेस्रो गोर्खा चेली महिला फूटबल टुर्नामेण्टको शेड्यूल जारी

IMG-20250205-WA0151

खरसाङ: खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजन गरिने तेस्रो गोर्खा चेली महिला फूटबल टुर्नामेण्टको आधिकारिक शेड्यूल बुधवार जारी गरियो। जीटीए युवा मामिला एवम् खेलकुद विभागको सहयोगमा हुने यस प्रतिष्ठित महिला फूटबल टुर्नामेण्टमा जम्मा १० वटा शीर्ष टीमहरूले हिस्सा लिनेछ। आउँदो ९ फरवरीदेखि शुरु हुने टुर्नामेण्टको उद्घाटन म्याचमा हिमालयन फूटबल क्लब र कनकाई फूटबल स्पोर्टिंग क्लब (नेपाल) बीच भिड़न्त हुनेछ। फाइनल १८ फरवरीमा हुनेछ। सबै म्याचहरू चानमारी खेल मैदानमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement